नियम ४
कोषको रकम खर्च गर्ने प्रक्रिया
कोषमा जम्मा रहेको रकमबाट सम्बन्धित निकायको विशेष कार्य सञ्चालन गर्नको निमित्त वा ऐनको दफा ५ को उपदफा (२)
मा उल्लेख भए बमोजिम कच्चा पदार्थ तथा स्पेयर पार्टस् खरीद एवं मर्मत गर्ने प्रयोजनको निमित्त खर्च गर्दा सम्बन्धित निकायले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून बमोजिमका प्रकृयाहरु पूरा गर्नु पर्नेछ ।